Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

लुम्बिनी प्रदेश सभाको छैठौं अधिवेशन आजबाट

लुम्बिनी प्रदेश सभाको छैठौं अधिवेशन आजबाट

काठमाडौं। लुम्बिनी प्रदेश सभाको छैठौं अधिवेशन आजदेखि सुरु हुँदैछ। लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद्ले वैशाख ३१ गतेका लागि प्रदेश सभाको छैटौँ अधिवेशनको बैठक आह्वानका लागि सिफारिस गर्ने निर्णय गरेको थियो । बैठक दिउँसो १ बजेका लागि तय गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

सरकारको सिफारिस अनुसार प्रदेश प्रमुख घर्तीले आह्वान गरेअनुसार बैठक बस्न लागेको हो । पहिलो बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्रहरू पढेर सुनाउने र शुभकामना आदानप्रदान प्रदेशसभा सदस्यहरूले सम्बोधन गर्ने सम्भावित कार्यसूचीमा समावेश छ । प्रदेश सरकारले जेठको पहिलो हप्ता नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्ने तयारी गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार