Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us
३० प्रेरणादायी जापानी युवाहरु

तिमी वास्तवमै सक्छौ ! अघि बढ जापान, अघि बढ !'

तिमी वास्तवमै सक्छौ ! अघि बढ जापान, अघि बढ !'

चिसो बिहानीको समय । टोकियोको एक जिम्न्यास्टिक हलको ढोकाबाट कडा चिसो भित्र पसिरहेको छ । तर, शोइचिरो काकिमोतो तथा अन्य ३० युवा व्यवसायीहरु (अधिकांश) त्यो ठन्डीको परवाह गर्दैनन् । किनकि उनीहरुलाई प्रत्येक सप्ताहन्तको आफ्नो नियमित काम गर्न कुनै बहाना खोज्नु छैन । र, त्यो काम हो, व्यस्त जीवनशैलीका कारण समय व्यवस्थापन गर्न नसकेका, व्यावसायिक र पारिवारिक बोझका कारण तनाव भोगिरहेका तथा मनमा अशान्ति भएकाहरुलाई नाच्दै, कराउँदै गाउँदै (लिपसिङ्) गर्दै, जिम्न्यास्टिक गर्दै मनोरञ्जन प्रदान गर्नु । आफूहरु पनि आफ्नो बाँकी कामकाजी दिनको व्यवस्तताबाट खुसी हुनु अनि अरुलाई पनि खुसी हुन तनावमुक्त हुन सिकाउनु । यसरी नै यी युवाहरुको सप्ताहन्त बितिरहेको छ । 

'जब समय कठिन हुन्छ, तब मुस्कुराउन सक्नुपर्छ ।' भन्दै एक अग्लो व्यक्ति व्यग्र मुस्कान छोड्छन् । र कालो सुट तथा टाईमा सजिएका बाँकी सबै आफ्नो मुड्की बजार्दै नाचौं नाचौं लाग्ने संगीतका तालमा मस्त उफ्रिन्छन् ।  उनीहरुको ठूलो संगीतको लयवद्ध तालमा निस्केको आवाजले त्यो जिम्न्यान्स्टिक हल पुरै गुञ्जायमान हुन्छ । 'हो, तिमी सक्छौं । हो, तिमी वास्तवमै सक्छौ । अघि बढ जापान अघि बढ !' भन्दै उनीहरु आफ्नो प्रस्तुति हेर्न लागेको भीडलाई प्रेरित गर्छन् । र, उनीहरुको नाचमा जोडिएको जिम्न्यास्टिकले सबैको ध्यानाकर्षित गर्दै आएको छ । र, प्रत्येक साता भीड ठूलो हुँदै गइरहेको छ ।

उनीहरु प्रत्येक साता भिन्न भिन्न स्थानहरुमा यसरी व्यस्त र तनावमा रहेका जापानीहरुलाई निःशुल्क मनोरञ्जन र उत्प्रेरणा प्रदान गर्दछन् । कहिले सपिङ मल, कहिले खुला सडकमै त कहिले कहाँ कहिले कहाँ । यी प्रस्तुतिहरुले धेरै जापानीहरुको मुहारमा मुस्कान ल्याएकोमा उनीहरु कम खुसी छैनन् ।

यी युवाहरु आफूहरुलाई चीयर रे म्यान्स भन्न रुचाउँदछन् । जुन शब्द चीयरलिडिङ र स्यालरीम्यान मिलेर बनाइएको हो । यो समूह सन् २०२३ मा बनेको हो । वासेदा विश्वविद्यालयबाट अध्ययन पूरा गरेका विद्यार्थीहरुको अलम्नाई हो यो । उनीहरु त्यहाँ पनि चीयरलिडिङ गर्दथे ।।

पेशाले यी युवाहरु अन्य दिन रियल स्टेट कम्पनीदेखि मार्केटिङ लगायतका व्यवसायमा संलग्न छन् । तर, व्यक्तिगत जीवनमा उनीहरुसँबै चीयरलिडिङका शौखिन हुन् । जुन शोख पुरा गर्न उनीहरुले आफ्नो व्यवस्त जीवनको केही समय निकालेर आफूहरु मात्र होइन अन्य सैयौं जापानीहरुलाई पनि मुस्कान र खुसी उपहार दिइरहेका छन् । 

त्यो समूहका एक युवा काकिमोतो भन्छन् , विकडेजमा म दिमागको प्रयोग गर्छु अनि विकेन्डमा शरिरको । एउटा ठीक भएन भने अर्कोलाई पनि असर गर्छ । त्यही भएर विकेन्डमा हामी यो काममा रमाउँदै मानसिक स्वास्थ्यको हेरचाह गर्छौं  । उनी सफ्टवेयर निर्माण कम्पनीमा काम गर्छन् । उनी थप्छन् यदि हामी जापानी तलबी कर्मचारी वा मासिक आम्दानी भएकाहरु त आफूलाई मन लागेको काम गर्न सक्छौं भने बाँकी सबै जापानीले आफूलाई मनभित्रैबाट इच्छा भएको राम्रो काम गर्न सक्छन् भन्ने सन्देश हाम्रो सप्ताहन्तको गतिविधिले दिन्छ । र, उनीहरुको यो समूहले बेलायतको ब्टिेन्स गट ट्यालेन्टमा पनि भाग लिएको थियो । उनीहरु त्यहाँ तेस्रो भएका थिए । 

यी जाँगरिला र आशा जगाउने युवाहरुको अरुलाई खुसी बनाउने सप्ताहन्तको यस प्रकारको प्रदर्शनीबारे १ वर्षीया यासुको यामाकीले सामाजिक सञ्जालबाट तीन महिनाअघि मात्र थाहा पाएकी थिइन् । र, उनी पनि सहभागी भइन । 'जापानमा अहिले धेरैथोक भइरहेको छ । हामीहरु जोकोहीसँग धेरे समस्या र तनावहरु छन्.' उनले भनिन्, 'र, त्यस्तोमा यी युवाहरुको यो काम साँच्चिकै प्रेरणादायी छ ।'  अनि उनी युवाहरुको प्रदर्शनको मनोरञ्जन लिदैं हर्षका आँसु पो झार्न थालिन त् ।

SalaryMan_17.jpg
undefined
SalaryMan_19.jpg
undefined
SalaryMan_04.jpg
undefined
SalaryMan_02.jpg
undefined
SalaryMan_18.jpg
undefined

(रोयटर्समा प्रकाशित सामाग्रीको अनुवाद)

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार