काठमाडौं । कागेश्वरी मनोहरा ५ थलीस्थित क्विन बचत तथा ऋण सहकारीमा नगरपालिकाले तालाबन्दी गरेको छ । सदस्यहरुको करिब ४ करोड रकम दुरुपयोग भएको सम्बन्धमा उजुरीपछि महानगरीय प्रहरी प्रभाग थलीको प्रहरी टोली, नगर प्रहरी, तथा पिडित सदस्यहरुको उपस्थितिमा ताला लगाइएको हो ।
चाबहिल मुख्य कार्यालय रहेको भनिएको सहकारीले २०७७ सालदेखि थलीमा कार्यालय संचालन गर्दै आइरहेको थियो । नगरपालिकाको सहकारी शाखाबाट अनुमति बिना नै कार्यालय सञ्चालन भएको थियो । एक हजार बढी सदस्य रहेको संस्थाले ४ करोड रकम उठाएको थियो । सहकारीले लगानी भने १५ लाख मात्र गरेको देखिएको छ ।
यसअघि नै नगरपालिकाले माग गरेका विवरणहरु उपलब्ध नगराएको, संस्थाको कार्यालयमा सम्पर्क र ताकेता गर्दा कुनै पनि तत्परता नदेखाएको, संस्थासँग सम्पर्क स्थापित गर्न नसकिएको र कानुनले दर्ता गर्ने अधिकारी समक्ष पेश गर्नुपर्ने भनि निर्दिष्ट गरेको कुनैपनि किसिमका विवरणहरु उपलब्ध नगराएको साथै सदस्यहरुको लिखित उजुरी आएको भन्दै सम्पर्कमा आउन भनिएको थियो ।
नगरपालिकाको सहकारी शाखामा दिनहुँ थुप्रै सदस्यहरुको उजुरी आउने गरेको शाखा प्रमुख विश्वास ज्ञवालीले बताउनुभयो । नगरपालिकाले बारम्बार सदस्यहरुको माग सम्बोधन गर्न र नगरपालिकामा उपस्थित हुन अनुरोध गर्दा क्विन बचत तथा ऋण सहकारीका संचालक समितिका अध्यक्ष हेमचन लामासहित संचालक समिति सम्पर्कमा आउन समेत नचाहेको शाखा प्रमुख ज्ञवालीले बताउनुभयो ।
हाल उक्त सहकारीले सदस्यहरुको एक लाख रुपियाँ सम्म पनि फिर्ता गर्न सकेको अवस्था छैन । तर घर(घर पुगेर दैनिक बचत जम्मा गरिरहेको छ । कार्यालय छोडेर भाग्न लागेको सूचना प्राप्त गरेपछि शुक्रबार दिउँसो तालाबन्दी गरिएको हो । त्यहाँ पुग्दा उमेश बज्राचार्य नाम गरेका एक व्यक्ति मात्र कार्यालयमा रहेको भेटिएको थियो । उनले पनि भाग्न लागेको नभई मुख्य कार्यालयमा सामान लगेर त्यहीँबाट सेवा दिन लागेको स्वीकार गरे ।
सहकारी ऐन अनुसार प्रत्येक आर्थिक वर्ष समाप्त भएको ३ महिनाभित्र सहकारी संस्थाहरुले लेखापरिक्षण र ६ महिनाभित्रमा वार्षिक साधारण सभा सम्पन्न गरी साधारण सभाको निर्णय र पारित लेखापरीक्षण प्रतिवेदन सहितको वार्षिक प्रतिवेदन पेश गर्नुपर्छ । प्रदेश सहकारी नियमावली २०७६ को नियम १८ बमोजिम आर्थिक वर्ष समाप्त भएको ६ महिना भित्र आफ्नो नियामक कार्यालयमा बुझाउनुपर्ने ब्यवस्था छ ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com