Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us
४ ट्रिलियन डलर अर्थतन्त्र

जापानलाई पछि पार्दै भारत बन्यो विश्वको चौंथो ठूलो अर्थतन्त्र

जापानलाई पछि पार्दै भारत बन्यो विश्वको चौंथो ठूलो अर्थतन्त्र

एजेन्सी ।  जापानलाई पछि पार्दै भारत विश्वको चौंथो ठूलो अर्थतन्त्र भएको मुलुक भएको छ । नीति आयोगका सिइओ बीबी आर सुब्रह्मण्यमले अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को आँकडा प्रस्तुत गर्दै उक्त दाबी गर्नुभएको हो । उहाँले भन्नुभयो, ‘हामी चौंथो सर्वाधिक ठूलो अर्थव्यवस्था भएको मुलुक भएका छौँ। हामीसँग ४ ट्रिलियन डलरको अर्थव्यवस्था पुगेको छ । आज भारतले जापानलाई पछि पारेको छ।’

अब भारतभन्दा अगाडि जर्मनी, चीन र अमेरिका मात्र छन्। उहाँले योजनाअनुसार मुलुक अघि बढ्न सके अबको साढे दुईदेखि तीन वर्षभित्र भारत विश्वको तेस्रो ठूलो अर्थव्यवस्था भएको देश बन्ने दाबी गर्नुभयो ।

आइएमएफको अप्रिलमा प्रकाशित वर्ल्ड इकोनोमिक आउटलुक रिपोर्टअनुसार भारतको नोमिनल जिडीपी ४.१८७ ट्रिलियन डलर पुगेको छ। जुन जापानको अनुमानित जिडीपी ४.१८६ ट्रिलियन डलरभन्दा केही बढी हो।

बलियो घरेलु माग अनुकूल जनसांख्यिकीय रुझान र नीतिगत सुधारका कारण भारतको यो उपलब्धि भएको जनाइएको छ।

भारतको अर्थ व्यवस्था ६-७ प्रतिशत वार्षिक आर्थिक वृद्धिका कारण भएको हो। जबकि जापानको अर्थ व्यवस्थामा ग्लोबल ट्रेड वार तथा पोलिसी परिवर्तनका कारण नोक्सान हुन पुगेको थियो।

List of Top 10 Economies (As per GDP in US$)

  1. United States: GDP current prices at $30.51 trillion.
  2. China: GDP current prices at $19.23 trillion. 
  3. Germany: GDP current prices at $4.74 trillion.
  4. India: GDP current prices at $4.19 trillion.
  5. Japan: GDP current prices at $4.19 trillion.
  6. United Kingdom: GDP current prices at $3.84 trillion.
  7. France: GDP current prices at $3.21 trillion.
  8. Italy: GDP current prices at $2.42 trillion.
  9. Canada: GDP current prices at $2.23 trillion. 
  10. Brazil: GDP current prices at $2.13 trillion.

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार