काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले वित्तीय प्रणालीको पैसा सीमित व्यक्तिहरूको मात्र पहुँचमा हुन नहुने बताउनुभएको छ । नेपाल राष्ट्र बैंकका पुर्व कर्मचारी संघको ३२ औ स्थापना दिवसमा बोल्दै गभर्नर पौडेलले वित्तीय क्षेत्रले सम्पन्न र विपन्न बिचको अन्तर कम गर्ने गरी काम गर्नुपर्ने उल्लेख गर्नुभयो । ‘कसरी हुन्छ विपन्न वर्गलाइ सहयोग गर्नु पर्छ भन्ने हो,’ गभर्नर पौडेलले भन्नुभयो, ‘सबै नेपालीहरूको लागि समान हुने गरी काम गरौं भन्ने हो ।’
हाल बैंकिङ प्रणालीमा करिब १८ अर्ब जति विदेशी विनिमय सञ्चिति छ । त्यसैगरी करिब ६८ खर्ब रुपैयाँ निक्षेप छ । यो स्रोत केही व्यक्तिको हातमा मात्रै जान नहुनेमा पौडेलले जोड दिनुभयो । वित्तीय क्षेत्रको यो स्रोतको असमान वितरण हुँदा अर्थतन्त्रले गति लिन नसक्ने उहाँको भनाइ थियो ।
‘सबै नेपालीको जीवनस्तर उकास्न यो स्रोत प्रयोग होस भन्ने हो,’ गभर्नर पौडेलले भन्नुभयो, ‘साना तथा मझौला उद्यम र कृषि क्षेत्रमा खराब कर्जा बढ्यो भन्ने आएको छ । यस विषयलाई गहन रुपमा बुझ्न सुरु गरेको छु ।’
बैंकिङ क्षेत्रमा नयाँ नयाँ चुनौतीहरू थपिँदै गएको भन्दै उहाँले बैंकिङ प्रणाली पनि प्रविधिमैत्री बन्दै गएको अवस्थामा यसमा पनि केही व्यक्ति मात्र फाइदा लिने अवस्था बन्न नहुने धारणा राख्नुभयो ।
कार्यक्रममा पूर्व कर्मचारी संघका अध्यक्ष आश्विनी कुमार ठाकुरले मौद्रिक नीतिको प्रभावकारी उपकरण नै ब्याजदर रहेको बताउनुभयो । ब्याजदरको विषयमा सरकारले भन्दा पनि केन्द्रीय बैंकले नै बोलेको उपयुक्त हुने उहाँको सुझाव थियो ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com