Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us
विशेष छुट सम्झौता

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक र नेपाल इन्जिनियर्स एसोसिएसनबिच छुट सम्झौता

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक र नेपाल इन्जिनियर्स एसोसिएसनबिच छुट सम्झौता

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड र नेपाल इन्जिनियर्स एसोसिएसन (एनइए) बिच विस्तारित बैंकिंग सेवा प्रदान गर्ने उद्देश्य राखी व्यावसायिक सम्झौता भएको छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री ज्योति प्रकाश पाण्डे र इन्जिनियर्स एसोसिएसन तर्फ अध्यक्ष ई. श्री सुभाष चन्द्र बरालबाट हस्ताक्षर भइ सो व्यावसायिक सेवा आरम्भ गरिएको छ ।

यस सम्झौता मार्फत एसोसिएसनका सम्पूर्ण सदस्यहरुलाई विभिन्न सेवाहरुमा विशेष छुट प्रदान गरिएको छ । सोही सम्झौता अनुसार एसोसिएसनका सदस्यहरुलाई लक्षित गरि बैंकको २७५ वटा शाखाहरु https://www.nimb.com.np/personal-banking/branches मार्फत प्रोफेशनल बचत खाता खोलि दस लाखको दुर्घटना बिमा सुविधासहित अन्य व्यावसायिक कर्जा, स्टार्टअप कर्जा, क्लिन सोसल कर्जा, र डेबिट/क्रेडिट काडर्ड, मोबाइल बैकिङ्गमा विशेष छुटको व्यवस्था रहेको जानकारी बैंकका प्रमुख कार्यकारी अधिकृतले जानकारी गराउनुभयो ।

यो सम्झौताबाट नेपाल इन्जिनियर्स एसोसिएसनका(एनइए) सदस्यहरुले प्रत्यक्ष रुपमा लाभान्वित हुने बैंकको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार