काठमाडौं ।अन्तराष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले दश ठूला वाणिज्य बैंकहरुको कर्जाको गुणस्तर परीक्षणको काम छिटो अघि बढाउन भनेको छ । नेपाल राष्ट्र बैंक यो काममा पटक–पटक असफल भइरहँदा आईएमएफले तत्काल अगाडि बढाउन जोड दिएको हो ।
चैत अन्त्यमा निष्कृय कर्जा ५ दशमलव २ प्रतिशत पुगी बैंक तथा वित्तीय संस्थाहरुको पुँजीमा नै असर परेको भन्दै आईएमएफले वित्तीय क्षेत्रमा रहेको जोखिम सहज नभएको जनाएको छ ।
यस सन्दर्भमा अन्तरराष्ट्रिय क्रेडिट रेटिङ संस्थाहरुवाट ठूला वाणिज्य बैकहरुको कर्जाको गुणस्तर लेखापरिक्षण गर्ने हालको योजना छिटो कार्यान्वयन गरिहाल्नुपर्ने आईएमएफको धारणा छ ।
नेपालको लागि स्वीकृत गरिएको विस्तारित कर्जा सुविधाको छैठौ समिक्षा बैठकमा नेपाली अधिकारीहरुसँग कर्मचारीतहमा सहमतिमा पुगेपछि बुधवार जारी गरेको प्रेस विज्ञप्तिमा आईएमएफले लेखापरिक्षक छनौट प्रकृया अघि वढाउन नेपाल राष्ट्र बैकले पुन प्रतिवद्धता जनाएको स्पष्ट पारेको छ ।
हाल निष्कृय कर्जा ५ प्रतिशत नाघेपनि आईएमएफले त्यसलाई पत्याएको छैन । पटक पटकको आफ्नो प्रतिवेदनमा कर्जा तिर्न कर्जा नै दिने परिपाटीका कारण निष्कृय कर्जा कम देखिएको आकलन आईएमएफले गर्दै आएको छ ।
त्यसैले अन्तराष्ट्रिय लेखा परिक्षकवाट कर्जाको गुणस्तर जाँच गराउँदा वास्तविकता वाहिर आउने उसको ठहर छ र त्यस अनुसार नेपाललाई विस्तारिक कर्जा कार्याक्रम अन्तरगत ऋण दिन नेपालका ठूला बैकहरुका कर्जाको गुणस्तर परिक्ष्ँण गराउनुपर्ने शर्त उसले राखेको हो ।
तर केही दिन अघि सर्वोच्च अदालतले सो कामको लागि प्राविधिक छनौटमा परेको एक बंगलादेशी कम्पनीलाई अन्तिम छनौट गरी काम अघि वढाउन अन्तरिम आदेशमार्फत रोक लगाएको छ ।
हालै राष्ट्र बैकले एक मात्र बंगलादेशको हौलादार युनुस एन्ड कम्पनीलाई प्रावधिक रूपमा उत्तीर्ण भएको घोषणा गरेको थियो । तर यस विरुद्ध सर्वोच्च अदालतमा रिट परेपछि अदालतले अन्तरिम आदेश दिई उक्त कम्पनीलाई अन्तिम छनौट गर्न रोक लगाएको हो ।
उक्त कम्पनीले पेश गरेको वित्तीय प्रस्ताव जेठ २५ गते खोलिने राष्ट्र बैंकले तयारी गरिरहँदा सर्वोच्चका आदेश आएको हो ।
राष्ट्र बैंकले दोस्रोपटक खुला गरेको बोलपत्रमा प्रस्ताव पेश गर्ने हौलादार युनुससहित नेपाली परामर्शदाता कम्पनी सुवेदी एन्ड एशोसिएट्सको नेतृत्वमा भारतीय कम्पनी मेहेरा गोयल एन्ड कम्पनी र जेकेएसएस एन्ड एशोसिएट्स, नेपालको बीके अग्रवाल एन्ड कम्पनी सहायक राखी भारतको एसआर बाट्लिबोई एन्ड एशोसिएट्स, श्रीलंकाको डेलोइट पार्टनर्स, भारतको केपीएमजी एस्योरेन्स एन्ड कन्सल्टिङ सर्भिसेस र भारतकै एमएसकेए एन्ड एशोसिएट्स संक्षिप्त सूचीमा परेका थिए ।
यसअघि पहिलोपटक भएको बोलपत्र प्रक्रियामा पनि पाँचओटा प्रस्ताव संक्षिप्त सूचीमा भए पनि केपीएमजी एस्योरेन्स एन्ड कन्सल्टिङ सर्भिसले मात्र आर्थिक प्रस्ताव पेश गरेको थियो । तर, अनुमानित बजेटभन्दा बढी रकमको प्रस्ताव परेपछि राष्ट्र बैंकले प्रक्रिया रद्द गरी दोस्रोपटक प्रस्ताव आह्वान गरेको हो ।
यसैविच, आईएमएफले वचत तथा ऋण सहकारी संस्थाहरुको अवस्था सुधार गर्न समयमै उचित निर्णय लिनुपर्ने भनाई पनि आइएमएफको छ । उनीहरुके वित्तीय स्वास्थ्थ चुनौतिपूर्ण रहेको आईएमएफको ठहर छ ।
वित्तीय क्षेत्रमा जोखिम रहिरहेपनि नेपालमा आर्थिक कृयाकलापमा पुनउत्थान हुँदै गरेको उसले जनाएके छ । जलविद्युतको उत्पादन निरन्तर वढ्दै जानु, निर्माण र म्यानुफ्याक्चरिङ्ग क्षेत्रमा सुधार हुनु र राम्रो कृषि उत्पादन हुनुले अर्थतन्त्र पुनर्उत्थानको दिशामा गएको आईएमएफको ठहर छ ।
चालु आर्थिक वर्षमा ४ प्रतिशतको आर्थिक वृद्धि हुने अनुमान लगाउँदै आगामी आर्थिक वर्षमा यसमा थप सुधार हुने यसको अपेक्षा छ । तर पुँजीगत खर्च हुन नसक्ने, वित्तीय क्षेत्रको जोखिम, वढ्दो ब्यापार सम्वन्धी तनाव र संभाब्य नीतिगत अस्थिरताले भने आर्थिक वृद्धिमा नकरात्मक असर गर्नसक्ने आईएमएफले जनाएको छ ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com