Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

यथाशीघ्र नयाँ ‘संस्कृति नीति’

यथाशीघ्र नयाँ ‘संस्कृति नीति’

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सांस्कृतिक गतिविधि प्रोत्साहन गर्न नयाँ ‘संस्कृति नीति’ यथाशीघ्र ल्याइने बताउनुभएको छ ।

सुकेधारास्थित ओजी मिडिया हाउसले आयोजना गरेको ‘नेपाल र जापान सांस्कृतिक आदानप्रदान कार्यक्रम’ मा मन्त्री पाण्डेले संस्कृतिबिना देश र समाजको पहिचान नहुने भन्दै संस्कृति प्राणतत्व रहेको बताउनुभयो ।  

उहाँले पुर्खाबाट प्राप्त संस्कार र संस्कृतिलाई नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । संस्कृतिबिना हामी आत्मा नभएको शरीरमात्र हुने भन्दै मन्त्री पाण्डेले तीनै तहमा संस्कृति संरक्षण र प्रवर्द्धनका गतिविधि बढाउन मन्त्रिपरिषद्को बैठकबाट ‘संस्कृति नीति’ पारित गर्ने तयारीमा रहेको खुलासा गर्नुभयो ।

मन्त्री पाण्डेले संस्कृतिसँगै भाषाले देश र मानिसलाई समृद्ध बनाउने भन्दै विदेशी पाहुनालाई मौलिक संस्कृतिसँगै उहाँहरूले बुझ्ने भाषामा नेपालबारे जानकारी दिन सके त्यसले सामीप्यता बढाउने धारणा राख्नुभयो । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार