Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

रुपन्देही ३ मा कात्तिक १७ गते उपनिर्वाचन हुने

रुपन्देही ३ मा कात्तिक १७ गते उपनिर्वाचन हुने

काठमाडौं ।  प्रतिनिधि सभा रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ मा आगामी कात्तिक १७ गते उपनिर्वाचन हुने भएको छ । सोमवार बसेको निर्वाचन आयोगको बैठकले रिक्त प्रतिनिधि सभा सदस्य पदमा कात्तिक १७ गते सोमवार उपनिर्वाचन गर्ने निर्णय गरेको हो । 

२०७९ मङ्सिर ४ गते भएको निर्वाचनमा रुपन्देही ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तर्फबाट निर्वाचित भएका दीपक बोहराको निधन भएपछि सो पद रिक्त छ । बोहोराको गएको चैत १९ गते निधन भएको थियो । बोहराको निधनसँगै रिक्त निर्वाचन क्षेत्रमा कात्तिक १७ गते सोमवार निर्वाचन हुने निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बताउनुभयो ।

प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को उपदफा ६८ बमोजिम रिक्त पदमा निर्वाचन गराइएको हो । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार