Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

सहकारी प्राधिकरणको अध्यक्षका लागि पोखरेल, पौडेल र शर्मा सिफारिस

सहकारी प्राधिकरणको अध्यक्षका लागि पोखरेल, पौडेल र शर्मा सिफारिस

काठमाडौँ । राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्षका लागि ३ जनाको नाम सिफारिस भएको छ। लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा गठित सिफारिस समितिले प्राधिकरणको अध्यक्षका लागि अर्जुनप्रसाद पोखरेल, नारायण पौडेल र डा खगराज शर्माको नाम सिफारिस गरेको हो। मन्त्रिपरिषद्को बैठकले उहाँहरुमध्ये १ जनालाई राष्ट्रिय सहकारी नियमन प्राधिकरण अध्यक्षमा नियुक्त गर्नेछ।

राष्ट्रिय सहकारी नियमन प्राधिकरण अध्यक्ष सिफारिसका लागि लोकसेवा आयोगका अध्यक्ष माधव रेग्मीको अध्यक्षतामा पूर्वअर्थ सचिव सुमन शर्मा र गुणनिधि भुसाल सदस्य रहने गरी ३ सदस्यीय सिफारिस समिति गठन भएको थियो। 

प्राधिकरणको अध्यक्षका लागि अनिलराज पौडेल, अर्जुनप्रसाद पोखरेल, नारायण पौडेल, डा. खगराज शर्मा, डा. हरिकुमार नेपाल र परितोष पौड्याल संक्षिप्त सूची (सर्ट लिस्ट) मा पर्नुभएको थियो । 

अन्तर्वार्तामा अनिल उपस्थित नै हुनुभएन । त्यसपछि सूचना निकालेरै प्रक्रिया अघि बढाइएको हो। राष्ट्रपतिका भतिज अनिलका कारण सिफारिस प्रक्रिया नै अबरुद्ध भएको थियो। अब भने सिफारिसदेखि नियुक्ति प्रक्रिया अघि बढेको छ। व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण पार गरेर अन्तर्वार्ताका चरणमा पूरा गरेर पोखरेल, पौडेल र शर्मा अध्यक्षमा नियुक्तिका लागि सिफारिस भएका हुन्।

Suchana- 2082-03-13_vqfkqn0_page-0001 (1).jpg
undefined

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार