काठमाडौँ । प्रतिनिधि सभाले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ माथि राष्ट्रिय सभाबाट भएको संशोधन स्वीकृत गरेको छ। सभाको आजको बैठकले उक्त संशोधन बमहुमतबाट स्वीकृत गरेको हो।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट रक्षामन्त्री मानवीर राईले उक्त संशोधनउपर विचार गरियोस् भन्ने प्रस्तावमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै विधेयकमा राम्रो सुझाव र सल्लाह प्राप्त भएको बताउनुभयो ।
सो विधेयकका सम्बन्धमा राष्ट्रिय सभाबाट भएको संशोधनमाथि असार २४ गते प्रतिनिधिसभामा छलफल भएको थियो। दुवै सदनबाट पारित भइसकेको सो विधेयक अब प्रमाणीकरणको प्रक्रियामा जानेछ। प्रतिनिधिसभाको अर्को बैठक यही असार २९ गते अपराह्न १ बजे बस्नेछ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com