काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले पोखरास्थित विवादित जग्गा प्रकरणसम्बन्धी ‘अडियो रेकर्ड’ आफ्नो चरित्र हत्या गर्ने उद्देश्यले सार्वजनिक गरिएको भन्दै उक्त घटनाको यथार्थ छानविनको माग गर्नुभएको छ ।
वार्षिक उपलब्धिसम्बन्धी जानकारी दिने उद्देश्यले मन्त्रालयमा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले केही दिनदेखि आफ्नो र परिवारका सदस्यकोसमेत नाम जोडी सुनियोजित ढङ्गबाट ‘अडियो रेकर्ड’ सार्वजनिक भएको भन्दै आपत्ति व्यक्त गर्नुभयो ।
भूमिसुधारमन्त्री अधिकारीले आवश्यक ऐन, नियम, कानुनसहित कार्यसंयन्त्र निर्माण गरी देश र जनताका पक्षमा राम्रो काम गरिरहेको मन्त्रीका विषयमा यस किसिमको अफवाह फैलाएर चरित्र हत्या गर्ने प्रयास भइरहेको उल्लेख गर्दै सो ‘अडियो रेकर्ड’का विषयमा यथार्थ छानबिन होस् भन्ने पक्षमा आफू रहेको स्पष्ट पार्नुभयो ।
आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेपछिको एक वर्षको अवधिमा भूमि व्यवस्था, सहकारी र गरिबी निवारणका क्षेत्रमा धेरै राम्रा काम दाबी गर्दै उनले यसबीचमा भएका राम्रो कामको सरहना गरी धन्यवाद दिनुको सट्टा मन्त्रीकै चरित्रमाथि आँच पुर्याउने काम भएकामा खेद व्यक्त गर्नुभयो । उहाँले आफूसहित परिवारका सदस्यलाई जोडेर सार्वजनिक गरिएको ‘अडियो रेकर्ड’का बारेमा यथार्थ छानबिन होस् भन्दै विषयको गहिराइमा पुगेर सत्यतथ्य समाचार सम्प्रेषण गरिदिन आग्रह गर्नुभयो । मन्त्री अधिकारीले उक्त घटनामा दोषी देखिए जस्तोसुकै सजाय भोग्न तयार रहेको समेत उल्लेख गर्नुभयो ।
बिहिवार मन्त्रालयको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा उहाँले राष्ट्रिय सहकारी नियमन प्राधिकरण गठन र सञ्चालन, कर्जा असुली न्यायधिकरण गठन र सञ्चालन तथा सहकारी कर्जा तथा बचत सुरक्षण कोषको स्थापनाको लागि बजेटको ब्यवस्था गर्ने कुराले सहकारी क्षेत्रको संस्थागत सुधार र हाल देखिएका सहकारी क्षेत्रका समस्याहरु दीर्घकालीन रुपमा समाधानका लागि राम्रो जग निमार्ण भएको दाबी गर्नुभयो ।
उहाँले समस्याग्रस्त सहकारीका ६२ हजार ७ सय ६० दावी मध्ये ८ हजार १ सय ५६ जनाको बचत फिर्ता गरिएको बताउनुभयो। यस बिच ३ अर्व ७१ करोड रुपैया बचत फिर्ता गरिएको उल्लेख गर्नुभयो ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com