भक्तपुर । अग्रणी सहकारी अभियन्ता स्वर्गीय कैलाशभक्त प्रधानाङ्गको सम्झनामा आज साःँपारु (गाईजात्रा) निकालिएको छ । भक्तपुर नगदेशस्थित उहाँको निजी निवासबाट ताहमचासहित निकालिएको साःँपारु (गाईजात्रा) परिवार, नातागोता, आफन्त, छरछिमेकी र साथीभाइको सहभागितामा नगदेश परिक्रमा गराइएको थियो...